0
Shares
काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य तोलामा एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।