रुख ढलेपछि नारायणगढ-मुग्लिन सडक बन्द

0 Shares

काठमाडौँ । भरतपुर महानगर १ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए ।

यसैबीच नारायणगढ-मुग्लिन सडक खण्डमा बस र ट्रक ठक्कर खाँदा तीन जना घाइते भएका छन् । भरतपुर महानगर २९ सिमलतालमा एआर ०१ टी ६३७२ नम्बरको भारतीय बसले ग २ ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइते सबैको अवस्था मध्यम छ । उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ ।

सम्बन्धित समाचार