0
Shares
काठमाडौँ । चितवनको मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।
आइतबार बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
सोही स्थानमा डेढ महिनाअघि बाढीसँगै आएको लेदोले दुई यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा ठूलो दुर्घटना भएको थियो । घटना अहिले पनि दर्जनौँ यात्रु र दुई बस बेपत्ता छ ।