0
Shares
काठमाडौँ । काठमाडौँ महानगर १४ कलंकीमा बसले स्कुटरलाई ठक्कर दिँदा पुरुषको मृत्यु भएको छ । बा ९५ प ७६२५ नम्बरको स्कुटरलाई बा.प्र. ०१-००६ ख ४८७९ नम्बरको बसले ठक्कर दिँदा पुरुषको मृत्यु भएको हो ।
शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्दै आएका ४४ वर्षीय विष्णु बहादुर घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बा ५२ प ९६८० नम्बरको मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा स्कुटर बससँग ठोक्किँन पुगेको थियो । बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।