बम विस्फोट हुँदा दुई नाबालिकको मृत्यु, माओवादी द्वन्दकालमा सेल्टर थियो घर

0 Shares

काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका ५ मा बिहीबार साँझ बम हुँदा एक परिवारका दुई नाबालिकको मृत्यु भएको छ । घाइते भएका चार बालबालिकामध्ये अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।

उनीहरूको झापाको बीएण्डसी अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो । त्यसैगरी ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । सात वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो । सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’को विस्फोट भएको अनुमान गरेको छ ।

माओवादीको द्वन्दकालमा यो घर सेल्टरको रुपमा प्रयोग भएकाले त्यति बेलाकै ग्रिनेड हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

सम्बन्धित समाचार