शंकरले भने– माओवादीले संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ र !

0 Shares

काठमाडौँ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले संविधानले नै स्वीकार नगरेको भाषा बोल्न मिल्छ र भन्दै प्रश्न गरेका छन् । संसदमा एमालेका सांसदले जनयुद्धलाई हिंसा शब्द उल्लेख गरेपछि माओवादी सांसदहरुले प्रतिवाद गरेपछि विवाद निम्तिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै महासचिव पोखरेलले संविधानले जनयुद्ध शब्द नचिन्ने भएकाले एमालेका सांसदलाई संविधान नसिकाउन चेतावनी दिएका छन् । ‘अहिले माओवादीका मित्रहरु माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ। तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ’ उनले भनेका छन्, ‘एमाले र कांग्रेसलाई संविधानको भाषा वोलेन भनेर विरोध गर्नेले माओवादीले चै संविधानले नस्विकारेको भाषा वोल्न मिल्छ र ?’ माओवादीले जुन दिनदेखि जनयुद्ध भन्ने शब्द प्रयोग गर्न छोड्छन् त्यस दिनदेखि त्यस दिनदेखि हिंसात्मक द्धन्द्ध भनेकोमा आपत्ति जनाउने नैतिक अधिकार प्राप्त हुने उनले बताए ।

पोखरेलको स्टाटस जस्ताको त्यस्तै
अहिले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हो । विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरित नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समिकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो । प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षवाट हुनु स्वभाविक नै हो । त्यसवाट माओवादीका मित्रहरु धेरै उद्वेलित हुनु पर्दैन ।
अहिले माओवादीका मित्रहरु माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ। तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र कांग्रेसलाई संविधानको भाषा वोलेन भनेर विरोध गर्नेले माओवादीले चै संविधानले नस्विकारेको भाषा वोल्न मिल्छ र ?
स्मरण रहोस् जुन दिन माओवादी पक्षले जनयुद्ध शव्द प्रयोग गर्न छोड्दछ त्यो दिन देखि उनीहरुलाई नेकां र एमालेलाई हिंसात्मक द्वन्द्व भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुनेछ ।

सम्बन्धित समाचार