नेपाल सरकारको मुख्यसचिवमा अर्याल नियुक्त

0 Shares

काठमाडौँ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चौथो बरियतामा रहेका अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको एक मन्त्रीले बताए । मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन् ।

अर्यालले मुख्यसचिवको जिम्मेवारी १५ महिना पुरा गरेर आगामी २०८२ मंसिर २४ गते अनिवार्य अवकाश पाउने छन् ।

सम्बन्धित समाचार