नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

0 Shares

काठमाडौँ । जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् । जिल्लाको पातारासी गाउँपालिका ४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर मोटरसाइकल चालक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा सोही गाउँपालिका ७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । पालिकाको लासी बजारबाट तल्फी जाने क्रममा क १ प १८२० नम्बरको मोटरसाइकल नदीमा खसेको जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो ।

मोटरसाइकलमा सवार यात्रु पातारासी गाउँपालिका ७ रिनीका का २७ वर्षीय जयबहादुर खड्कालाई उद्धार गरिएको सूचना अधिकारी चन्दले बताए ।

सम्बन्धित समाचार