0
Shares
काठमाडौँ । भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छन् ।
मुख्यमन्त्री बनर्जी भनिन् ‘आगामी साता संसदको बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी दश दिनभित्र विधेयक पारित गर्छौं, यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउँछौँ, यदि उनीहरूले विधेयक स्वीकृत गरेन भने हामी राजभवन बाहिर आन्दोलन गर्ने छौँ, यो विधेयक पारित गर्नु पर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’
कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या आरोपमा जनताको प्रदर्शन जारी छ । राज्य सरकारको भूमिकाको आलोचना भइरहेको छ ।