0
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरेका छन् ।
सिग्देलले नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका थिए ।
सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको हो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।