सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

0 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेसँगै कीर्तिमान बनेको हो ।

मंगलबार स्थिर रहेको मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि एक लाख ५३ हजारमा कारोबार हुँदै कीर्तिमान बनाएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

सम्बन्धित समाचार