माओवादीको धनगढीमा दुइ दिनसम्म प्रदेश बैठक चल्ने

0 Shares

काठमाडौं
नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश स्तरीय परामर्श समितिको बैठक धनगढीमा दुई दिनसम्म चल्ने भएको छ । पार्टी स्थायी समितिको निर्णय बमोजिम अध्यक्ष प्रचण्ड सहित केन्द्रका शीर्ष नेतृत्व र प्रदेश पदाधिकारी सहभागी भई बुधबार र बिहीबार बैठक चल्ने भएको हो । बैठक विहान ११ बजेदेखि बस्ने बताएको छ ।
बुधबार बस्ने पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि धनगढी जाँदै छन् । केन्द्रका पदाधिकारीले प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सल्लाह र सुझाव सुन्ने भएका छन् । सुदुरपश्चिम प्रदेशको बैठक सकिए लगत्तै कर्णााली प्रदेशको बैठक बस्ने भएको छ ।

 

सम्बन्धित समाचार