0
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
हालसम्मको मत गणनाअनुसार राईले १५७ मत पाएकी छन् । झाँक्रीले ८२ मत प्राप्त गरेकी छन् । गणना हुन बाँकी मतभन्दा राईको अग्रता बढी भएपछि उनी विजयी हुने निश्चित भएको हो ।
राई यसअघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष थिइन् । मत गणनाको अन्तिम परिणाम आइसकेको छैन ।