मुकुल ढकाल रास्वपाको साधारण सदस्यबाट पनि निष्काशित

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निष्काशित गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको हो ।

रास्वपाले यसअघि ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएको थियो । रास्वपाले ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोधेपछि पार्टीमा जिम्मेवारीविहीन बनाइएको हो ।

गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरी पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

सम्बन्धित समाचार