प्रधानमन्त्री ओली र देउवाले बजाए दमाह

0 Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण पर्व हो, गौरा । काठमाडौंमा यो पर्व मनाउन हरेक वर्ष टुँडिखेल कार्यक्रम हुँदै आएको छ ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि सोमबार टुँडिखेलमा गौरा पर्व मनाइएको थियो । यस क्रममा पार्टीका शीर्ष नेताहरू सम्बोधन गर्न पुगेका थिए । सम्बोधन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धन दल नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा प्रमुख अतिथिका रुपमा थिए ।

कार्यक्रमलाई सम्बोधन गर्न क्रममा सभापति देउवा रिसाए । आफूहरूविरुद्ध नाराबाजी भएपछि उनी आक्रोशित बनेका हुन् । यता, प्रधानमन्त्री ओलीले नेपालको शान्तिपूर्ण वातावरणलाई कसैले भत्काउन नहुने बताएका थिए ।

यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवा प्रशंसा संरक्षण समूहद्वारा आयोजित कार्यक्रममा दमाह बजाउँदै रमाइलो गरेका थिए । कार्यक्रम उद्घाटनपछि उनीहरूले दमाह बनाएका हुन् ।

सम्बन्धित समाचार