नेपालमा लन्च हुँदै ‘लिपमोटर सी १०’, नाडा अटो शोमा राखिने

0 Shares

काठमाडौँ । ‘नाडा अटो शो २०२४’ मा शोकेश हुनेगरी नेपालमा दिनानुदिन विभिन्न ब्रान्डका कारहरु भित्रिने क्रम जारी छ । यसै क्रममा लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नाडा अटो शो २०२४ को पूर्व सन्ध्यामा लक्जरी इभि–’लिपमोटर सी १०’ लन्च गरेको छ ।

सोमबार ‘लिपमोटर सी १०’ नेपालमा मात्रै नभई एकैसाथ युरोपमा पनि लन्च हुँदै छ ।

नेपालमा लिपमोटरको आधिकारिक विक्रेता शांग्रिला मोटर्सले नेपाली बजारमा लिपमोटर ल्याउन पाउँदा खुशी व्यक्त गर्दै यसले इभिको विश्वव्यापी इड्प्सनमा नेपालको भूमिकालाई उजागर जनाएको छ ।

लिपमोटर– अटोमेकर कम्पनी स्टेलान्टिस ग्रुप अन्तर्गत विद्युतीय सवारी साधन उत्पादक कम्पनी हो ।

सेल्सको हिसाबले हेर्दा लिपमोटर सन् २०२४ को जून महिनासम्म चौथो ठूलो चिनियाँ नव–ऊर्जा सवारी साधन स्टार्टअपको रूपमा स्थापित भइसकेको छ ।

नाडा अटो शो २०२४ मा ुलिपमोटर सी १०ु को शोकेस हुँदै छ । लिपमोटर सी १० को विशेषता, मूल्य र उपलब्धताबारे थप जान्न भोलिदेखि सुरु हुने नाडा अटो शोमा शांग्रिला मोटर्सको स्टलमा गई बुझ्न वा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार