जोन्सेन ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

0 Shares

काठमाडौं । ‘नाडा अटो शो–२०२४’ को पूर्वसन्ध्यामा जोन्सेन ब्राण्डको आधिकारिक बिक्रेता स्यामुकापु ट्रेडिङ्गले जोन्सेन ब्राण्डका मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेको छ ।

पछिल्लो समयमा नेपालमा अनेक ब्राण्डका दुई पाङ्ग्रे सवारी भित्रिने क्रम बढेको छ । यसकै निरन्तरतामा व्यापारिक घराना ज्योति ग्रुपको स्यामुकापु ट्रेडिङ्गले जोन्सान ब्राण्डका इन्ट्री लेबलदेखि प्रिमियम मोटरसाइकल तथा स्कुटर नेपाल भित्र्याएको हो ।

कूल ८० भन्दा बढी देशमा चल्दै आएको चीनको अग्रणी मोटरसाइकल निर्माता जोन्सेनले आफ्नो गुणस्तर र नवीनतालाई नेपाली बजारमा ल्याएको हो । नेपालको भौगोलिक विविधतालाई मध्यनजर गर्दै ग्राहकको आकांक्षा र आवश्यकतालाई पूरा गर्ने उद्देश्यले अफरोड मोटरसाइकल लञ्च गरिएको हो ।

स्यामुकापु ट्रेडिङ्गले जोन्सेनका नौ मोडलहरू सार्वजनिक गरेको छ । जसअन्तर्गत इन्ट्री लेबलमा ११९.६ सीसीकोZS125-17A (YEMI)देखि टप-अफ-द-लाइन २५० सीसीको ZS200GY-4 पर्दछ ।

यी मोडलहरु स्यामुकापु ट्रेडिङको विराटनगर, वीरगञ्ज, भरतपुर, काठमाडौं, पोखरा, भैरहवा र बुटवलमा रहेका आधिकारिक शोरुममा उपलब्ध हुनेछन् । कम्पननीले ग्राहकका लागि आकर्षक प्याकेजसमेत सार्वजनिक गरेको छ । जसअन्तर्गत सवारी खरिदमा दुई वर्षको वारेण्टी, ६ पटकसम्म निःशुल्क सर्भिसिङ र हेल्मेट पर्छ ।

जोन्सेन मोटरसाइकल चोङकेन जोन्सेन अटोमोबाइल इन्डस्ट्री कम्पनी लिमिटेडको हिस्सा हो । सन् १९९६ देखि सञ्चालनमा आएको कम्पनी पेट्रोल, ईभीसहित टू व्हिलरका पार्टस्, अटोमोबाइलका पार्टस र आईटीका पार्टस उत्पादन तथा बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचार