बेल्खुमा खस्यो पहिरो, काठमाडौं जोड्ने मुख्य राजमार्ग ठप्प

0 Shares

काठमाडौं । धादिङको गजुरी गाउँपालिका ३ स्थित बेल्खुमा ठूलो पहिरो खस्दा काठमाडौंबाट आउजाउ गर्ने मुख्य राजमार्ग ठप्प भएको छ ।

दिउँसो पाँच बजेतिर खसेको पहिरोले काठमाडौं भित्रिने र बाहिरिन बाटो पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । तर, वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या लाग्ने भएको छ ।

सम्बन्धित समाचार