काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिदमा १४८ रूपैयाँ ८३ पैसा र बिक्रीमा १४९ रूपैयाँ ५० पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा रहेको छ भने विक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८९ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रुपैयाँ १७ पैसा र बिक्रीमा ९ रूपैयाँ २१ पैसा रहेको छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६१ पैसा र बिक्रीदर ३० रूपैयाँ ७५ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४४० रूपैयाँ २७ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०१ पैसा तोकिएको छ ।