0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिएपछि सकिने भएको छ ।
माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वयको बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा नेताहरूले आफ्नो धारणा राखी रहेका छन् ।
शुक्रबार ३५ जना नेताले बोलेका थिए । आज बोल्न बाँकी नेताले धारणा राखेपछि प्रचण्डले बैठक समापन गर्ने भएका छन् । त्यसपछि माओवादी गण्डकी प्रदेशको आइतबार र सोमबार बैठक चल्ने छ ।