सहकारी प्रकरणमा रविलाई प्रश्न- परिवारमा को-को छन् ? तपाईंको शारीरिक अवस्था कस्तो छ ?

0 Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँग शुक्रबार बसेको बैठकमा गोरखा मिडिया नेटवर्क प्रा.लि.को प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो ।

समितिले लामिछानेलाई बयानका लागि तीन दर्जन प्रश्न तयार पारेको थियो । समितिले लिने बयानको पहिलो नम्बरमा आफ्ना नामसहित तीन पुस्ता र परिवारका सदस्यहरुको विवरण राखिएको थियो ।

यस्तै, परिवारका को-को सदस्य छन् ? तपाईंको शारीरिक अवस्था कस्तो छ ? प्रश्न पनि सोधिएको थियो । यस क्रममा प्रश्नको उत्तर दिन सक्नुहुन्छ ? लगायतका प्रश्न समेटिएका छन् ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रहेका लामिछानेलाई समितिले आज सोधपुछका लागि बोलाएको थियो । समितिले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग आजै सोधपुछ गरेको छ ।

जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट करिब एक अर्ब रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो ।

 

सम्बन्धित समाचार