0
Shares
काठमाडौं । पृथ्वी राजमार्गअर्न्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको छ ।
आँबुखैरेनी गाउँपालिका २ स्थित ऐना पहराबाट यात्रुबाहक बस खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए ।
घटना स्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको बस नदी किनारमा अड्किएको हो ।





तस्विर- सशस्त्र प्रहरी