सुन चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

0 Shares

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो ।

योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य एक लाख ५१ हजार ९०० रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार