रास्वपा स्थानीयतहको उपनिर्वाचनमा जाने

0 Shares

काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने तयारी गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको उप निर्वाचनमा भाग लिने तयारी गरिएको एक नेताले बताएका हुन ।

बैठकमा कतिपय नेताहरूले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने मत राखेका थिए । ‘धेरै साथीहरूले स्वतन्त्र साथीहरूलाई समर्थन गर्नुपर्छ भनेर मत राखेका छौँ। स्थानीयलाई सपोर्ट गर्ने भन्ने भयो,’ ती सदस्यले भने।
केही दिनअघि प्रधानमन्त्रीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मङ्सिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने सुझाव निर्वाचन आयोगले दिएको थियो ।

सम्बन्धित समाचार