0
Shares
काठमाडौं । घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको छ । नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको हो ।
मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल सेमिफाइलनमा पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २-० गोलले पराजित गरेको थियो ।
श्रीलंका पहिलो खेलमा नेपालसँग १-० गोलले पराजित भएको थियो । दुवै खेलमा पराजित भएको श्रीलंका समूह ‘ए’बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आफ्नो समूहको दोस्रो खेल आगामी ६ गते बंगलादेशसँग खेल्ने छ ।
जम्मा ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । समूह ‘ए’मा नेपालसहित बंगलादेश र श्रीलंका रहेका छन् । समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् ।