0
Shares
काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
बिहीबार स्थिर रहेको सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट भएसँगै छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।