‘नाडा अटो शो २०२४’को मिति तय

0 Shares

काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ आगामी ११ देखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ ।

अटो शोमा २४ वटा ब्राण्डका चार पांग्रे, १९ ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाका अध्यक्ष करण चौधरीले बताए ।

नाडा अटो शोमा लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समेत भाग लिने भएका छन् । बैंक तथा वित्त संस्थाले सवारी खरिद गर्ने ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिने छन् ।

अध्यक्ष चौधरीका अनुसार अटो शोमा ९५ प्रदर्शक सहभागी हुने छ । यसका लागि १३० वटा स्टलको व्यवस्था गरिने छ ।

सम्बन्धित समाचार