0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले गिरावट भएको हो ।
मंगलबार २१ सय रुपैयाँ बढ्दै नयाँ रेकर्ड बनाएर एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।