मधेस प्रदेशमा एक साताअघि मन्त्री बनेका पाँचसहित आठ राज्यमन्त्री बर्खास्त

0 Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्रीलाई बर्खास्त गरी पदबाट हटाएका छन् । जम्बो मन्त्री मण्डल भएको भन्दै आलोचित बनेका मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।

जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका सिंहले चार दलबाट आठ राज्यमन्त्री बनाएका थिए । उनले पछिल्लो पटक यही साउन २२ गते मात्रै पाँच राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै मन्त्रीमण्डलको संख्या २० पुगेको थियो ।

जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका तीन, कांग्रेसका दुई, जनमतका दुई र लोसपाका एक जना मन्त्री छन् ।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए ।

यसअघि उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भइसकेका थिए । आज सबै राज्य मन्त्री पदमुक्त भएका छन् ।

सम्बन्धित समाचार