सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २१ सय रूपैयाँले वृद्धि भएको हो ।

योसँगै मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ पुगेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजार निर्धारण गरेको कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४३१ दशमलव ८७ डलर पुगेको छ ।

सम्बन्धित समाचार