0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि सुनवाइ सुरु हुने भएको छ ।
हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया सुरु हुन लागेको हो । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।
उनका अनुसार सुनुवाइ प्रक्रिया संघीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० बाट सुरु हुनेछ ।