बैठकपछि प्रचण्डले भने – केही हुँदैन सबै मिलेर जान्छौँ 

0 Shares
काठमाडौँ 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा केही नहुने बताउँदै सबै मिलेर जाने बताएका छन् । पार्टी स्थायी समिति बैठकपछि सोमबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले सबै पार्टी एक ढिक्का हुने उल्लेख गरे ।
पार्टीमा केही नहुने बरु पत्रकारलाईलाई बढी टेन्सन भएको प्रचण्डले बताए । गत शनिवार पार्टी उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छोडेर तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने १४ पृष्ठको लिखित सुझाव दिएपछि उनलाई समस्या परेको हो । त्यसको प्रतिउत्तर दिँदै प्रचण्डले केही नहुने उल्लेख गरेका हुन, । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा घनिभूत छलफल भई रहेकाले पार्टी अझ व्यवस्थित हुने दाबी गर्नुभयो ।

सम्बन्धित समाचार