रास्वपाबाट हटाइएका मुकुलले प्रधानमन्त्रीलाई दिए १५ सुझाव (पूर्णपाठ)

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव दिएका छन् । उनले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर सुझाव दिएका हुन् ।

डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिए ।

संविधान संशोधन गर्न भन्दै बनेको नयाँ सत्ता गठबन्धनका प्रधानमन्त्री ओलीलाई डा. ढकालले प्रदेश खारेज गर्नु पर्ने सुझाएका छन् । यसैगरी, जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पदसमेत खारेज गर्न भनेका छन् ।

डा. ढकालले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए । यसैबीच मिडियामा पहिला प्रतिवेदन सार्वजनिक गरेपछि उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो ।

सम्बन्धित समाचार