0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदेको कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका हुन् ।
केपी ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो । भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएकी थिइन् । गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा पुगेका थिए ।