साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको हो ।

योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँ कामय भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार