आज सुनको मूल्यमा भारी वृद्धि

0 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँ बढेको हो ।

योसँगै नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य एक हजार हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार ६९० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेको हो ।

सम्बन्धित समाचार