0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि (शुक्रबार) स्थायी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाएको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
पार्टी सरकारबाट बाहिरिएपछि पहिलो पटक स्थायी समिति बैठक बस्न लागेको हो । बैठकअघि बिहान ११ बजे एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको उपाध्यायले बताए ।
बिहीबार दिउँसो पदाधिकारी बैठक बोलाएर एजेन्डा तय गर्ने तयारी गरिएको थियो । पदाधिकारी बैठक बस्न समय अभाव भएपछि शुक्रबार बिहानका लागि सारिएको हो । स्थायी समिति बैठकबाट पार्टी निर्माण र भावी रणनीति बनाएर जाने नेताहरूले बताएका छन् ।