0
Shares
काठमाडौँ । साउन २३ गते बुधबार सुनको मूल्यमा ठूलो गिरावट भएको छ । यसदिन सुनको मूल्य एक हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
ऋछ३त्यस्तै, यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार चाँदी एक हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।