सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

0 Shares

काठमाडौँ । साउन २१ गते, सोमबार एतिहासिक उचाईमा पुगेको २४ क्यारेट सुनको मूल्य, आज अर्थात साउन २२ गते, मंगलबार उच्च दरले घटेको छ। सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेको सुनको मूल्य यस दिन २ हजार ३०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन २४ क्यारेट सुन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि उच्च दरमा घटेको छ। सोमबार तोलाको १ हजार ७८५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ६० रुपैयाँ घटेर १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार