टिआरसी कार्यदलले मंगलबार प्रतिवेदन बुझाउने तयारी

0 Shares

काठमाडौं
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयक सम्बन्धी कार्यादलले आगामी मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । गृहमन्त्री एवं कार्यदलका सदस्य रमेश लेखकले कार्यदलको प्रतिवेदन तयार भए पनि नेतहरुको समय नमिलेकाले मंगलबार प्रतिवेदन बुझाउने हुन सक्ने जानकारी दिए । कार्यदलले यसअघि नै सहमती गरी सकेकाले प्रधानमन्त्री सहित शीर्ष नेतालाई मात्रै बुझाउन वाँकी छ ।

‘हामीले आफ्नो तर्फबाट सबैपक्षसंग छलफल गरी सकेका छौं । प्रतिवेदनमा समेट्नुपर्ने सबै विषय समेटेर भाषागत रुपमा सबै हेरिसकिएको छ । नेताहरुको समय नमिलेकाले ढिला भएको छ । नेताहरुको मंगलबार समय लाउने भन्ने छ ’ उनले भने । मंगलबार समय मिलेमा प्रधानमन्त्री सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समय मिलाए प्रतिवेदन बुझाउने लेखकले बताए । कार्यदल प्रचण्ड नेतृत्वको सरकारले गत असार १३ गते कार्यदल गठन गरेको थियो । जसको सदस्यमा कांग्रेसबाट लेखक, नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।
टिआरसी विधेयकमा शीर्ष नेतृत्वमा समझदारी भएमा संसदीय समितिबाट पारित भई संसदमा पेस हुने छ । संसदबाट विधेयक पारित भएमा १७ वर्षदेखि थाति रहेका द्धन्द्धकालीन मुद्धा समाधान हुने बाटो खोल्ने देखिएको छ ।

सम्बन्धित समाचार