0
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट मन्त्रीसमेत बनेका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी मधेस प्रदेश सरकारमा राज्यमन्त्री बनिसकेका थिए ।
उनीसहित मधेस प्रदेशबाट विभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । यस क्रममा अध्यक्ष ओलीले इमान्दारिताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भएर काम गर्न आग्रह गरे ।
ओलीले गुटका पछाडि नभई पार्टीका पक्षमा दृढ रुपमा उभिनु पर्नेमा जोड दिए । उनले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने बताउँदै यादव कम्युनिष्टलाई समाप्त पार्न खोजेको एकीकृत समाजवादीबाट पुरानो पार्टीमा प्रवेश गरेको बताए ।