एक सातामै सुनको मूल्य आकासियो, कति पुग्यो अन्तिम कारोबार मूल्य ?

0 Shares

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोता पाँच हजार २०० रुपैयाँले बढेको हो ।

अघिल्लो शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो शुक्रबार एक लाख ४९ हजार ९०० रुपैयाँ पुगेको छ । योसँगै एक हप्तामा सुनको मूल्य पाँच हजार २०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, गत शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साता एक लाख ४९ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो साता चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको छ । गत शुक्रबार एक हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी यो साता एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार