भोलि काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

0 Shares

काठमाडौं । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने अवसरमा भोलि काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

सरकारले परम्परागत रुपमा भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

सम्बन्धित समाचार