एकीकृत समाजवादीले बनायो ३४४ जम्बो केन्द्रीय समिति

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कुल ३४४ जनाको जम्बो केन्द्रीय समिति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले २९९ केन्द्रीय समितिलाई ३४४ जना बनाएको हो ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको आवश्यकतामा कुल ३४४ जना केन्द्रीय सदस्य बनाएको जानकारी दिए । पार्टीमा कसलाई समेट्ने भन्ने बारेमा विवाद भएपछि जम्बो केन्द्रीय सदस्य भएको हो ।

 

सम्बन्धित समाचार