सबै प्रदेशमा एमालेले तोक्यो इञ्चार्ज

0 Shares

काठमाडौं । नेकपा एमालेले सबै प्रदेशमा इञ्चार्ज तोकेको छ । आज बसेको एमालेको सचिवालय बैठकले प्रदेश इञ्चार्ज तोकेको हो ।

जसअनुसार एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इञ्चार्ज बनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इञ्चार्ज तोकिएका छन् ।

सम्बन्धित समाचार