संसद भवनको निर्माण चाँडो सक्न निर्देशन दिनेमा थपिए उपप्रधानमन्त्री सिंह

0 Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण निर्माण कार्य छिटो सम्पन्न गरेका छन् ।

विं.सं. २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समय सीमा तोकिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

सम्झौताअनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नु पर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उपप्रधानमन्त्री सिंहले बताए ।

उनले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए । यसअघि सभामुख देवराज घिमिरे, प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारी र मन्त्रीहरुले काममा तीव्रता दिन निर्देशन दिँदै आएका थिए ।

सम्बन्धित समाचार