कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त

0 Shares

काठमाडौं । सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिने हुनाले त्योभन्दा एक महिनाअगाडि साउन २५ देखि बिदा बस्ने प्रचलनअनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति नियुक्त गरेको हो ।

 

सम्बन्धित समाचार