चीनका राजदूत श्रेष्ठ फिर्ता हुँदा भारतका राजदूत शर्मा यथावत

0 Shares

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार राती बसेको मन्त्रीपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत श्रेष्ठलाई फिर्ता बोलाएर डा.कृष्णप्रसाद ओलीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई यथावत राख्ने निर्णय भएको एक मन्त्रीले बताए । शर्मालाई प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । सत्ता परिवर्तनसंगै ओली नेतृत्वको सरकारले शर्मालाई पुनःथमौति गरेको हो ।

अमेरिकाका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार