काठमाडौं
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयकको कानुनी भाषा मिलाएर अन्तिम रुप दिइने भएको छ । गृह मन्त्रालयमा कार्यदलका सदस्य एवं गृह मन्त्री रमेश लेखक,नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहित सरोकारवालबिच छलफल भएपछि कानुनी भाषा मिलाएर फाइनल गर्ने निष्कर्षमा पुगेका हुन् ।
एमाले प्रमुख सचेतक बर्तौलाले टिआरसी विधेयकको सैद्धान्तिक विषयमा समझदारी भई सकेकाले बिहीबार विहान कानुनी भाषा मिलाएर प्रतिवेदन तयार गरिने बताए । ‘टिआरसीका विषयमा महान्यायधीवक्ता,कानुन मन्त्रालयका सचिव, नेपाली सेनाको कानुन हेर्ने निकाय र टिआरसी सचिवसँग छलफल भयो’ उनले भने, ‘टिआरसीको संशोधित विधेयक, उमसमितिले तयार गरेको प्रतिवेदन, कार्यदलमा भएको समझदारी सबैलाई एउटै डालोमा हालेर कानु्नी भाषा मिलाएर प्रतिवेदन तयार हुने छ ।’ अब बिहीबार विहान कार्यदल सहित सरोकारबालापक्ष सबै बसेर भाषागत रुपमा मिलाएमा प्रतिवेदन तयार गरिने बर्तौलालले बताए । कार्यदलमा टिआरसी विधेयकमा विषयमा सहमती भई सकेकाले कानुनी भाषा मिलाएमा प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रधानमन्त्री सहित शीर्ष नेतृत्वलाई बुझाइने भएको छ ।
यसै असार १३ गते टिआरसी विधेयकमा सहजीकरण गर्न कांग्रेसबाट लेखक, एमालेबाट बर्तौला र माओवादी केन्द्रबाट शर्मालाई राखेर कार्यदल गठन गरिएको थियो । जसमा टिआरसीमा चार बुँदामा विवाद भएकाले कार्यदल बनाएर सहजीकरण गरेपछि शीर्ष नेतृत्वले टुङ्गो लगाउने बताएको छ ।