माओवादीबाट नियुक्त भएका प्रदेश प्रमुख हटाइए, को-को बने नयाँ प्रमुख ?

0 Shares

काठमाडौं । सरकारले तीन वटा प्रदेशको प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वी सुब्बा गरुङका अनुसार यी तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख तोकेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपक प्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ती मगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको मन्त्री गुरङले जानकारी दिए ।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरू तीनै जनालाई पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार